३ जेष्ठ २०८१, बिहिबार

एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने

प्रकाशित मिति :  19 October, 2023 4:14 pm


काठमाडौँ । नेकपा (एमाले) ले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्दै छ।

बडा दशैं, शुभ दीपावली, नेपाल संवत्, छठ, इद, ल्होसार आदि पर्वको शुभकामना दिनका लागि एमालेले चियापान राख्न लागेको हो।

विगत वर्ष झैँ बडादसैँ, तिहार र छठपर्वका अवसरमा चियापान कार्यक्रम राखिएको हो । एमालेले प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, राजनीतिक दलका शीर्ष नेता, नेपालस्थित कुटनीतिक नियोग, दातृ निकाय प्रमुख, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुखहरूलाई बोलाउने तयारी गरेको छ।



प्रतिक्रिया दिनुहोस !