३ जेष्ठ २०८१, बिहिबार

कोजागत पूर्णिमाको दिन नेपाली कांग्रेसको चियापान

प्रकाशित मिति :  19 October, 2023 5:02 pm


काठमाडौं । नेपाली कांग्रेसले कोजागत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ। कात्तिक ११ गते पार्टी कार्यालय सानेपामा शुभकामनाको कार्यक्रम राखिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।

४७ वर्षअघिदेखि सुरु गरिएको चियापान यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरूको अवसरमा शुभकामना दिन चियापान राखिएको पौडेलले बताए ।

पौडेलका अनुसार दिउँसो १ बजेदेखि सुरु हुने चियापान कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, प्रमुख राजनीतिक दलका शीर्ष नेता, विदेशी निकायका प्रमुखहरु, कुटनीतिक निकायहरुको सहभागिता हुने छ ।

१५ हजार बढी कार्यक्रममा उपस्थित हुने कांग्रेसको दावी छ ।



प्रतिक्रिया दिनुहोस !