६ जेष्ठ २०८१, आइतबार

सुनको मूल्य हालसम्मकै उच्च

प्रकाशित मिति :  20 October, 2023 11:55 am


काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहिबार तोलाको १३ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार तोलामा एक हजार ८०० रुपैयाँ बढेर तोलाको एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । महाशाखाको जानकारी अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !