१९ बैशाख २०८१, बुधबार

कृषि मन्त्री भुसालले गरे लमहीमा चिस्यान केन्द्रको सिलान्यास

प्रकाशित मिति :  20 October, 2023 3:41 pm


दाङ। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा।बेदुराम भुसालले दाङको लमहीमा रकारी संकलन केन्द्र र चिस्यान केन्द्रको सिलान्यास गरेका छन्।

संघीय कृषि मन्त्रालयको सहयोगमा लमही नगरपालिकाले बनाउन थालेको सो केन्द्रको शुक्रवार उद्घाटन गरिएको हो। कार्यक्रममा बोल्दै उनले किसानको उत्पादन बजारसम्म पुर्याउन यस्ता चिस्यान केन्द्रले लाभ दिने बताए।

संघीय सांसद मेटमणि चौधरी, लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगी लगायतले चिस्यान केन्द्रको

आवश्यकता लामो समयदेखि परेकाले डिपिआर तयार गरी निर्माण थालिएको बताए। यो वर्ष नगरपालिकालाई चिस्यान केन्द्र तथा तरकारी संकलन केन्द्र बनाउन १९ लाख २० विनियोजन गरिएको छ।



प्रतिक्रिया दिनुहोस !