२१ बैशाख २०८१, शुक्रबार

धादिङ केन्द्र भएर बिहानमा मात्र ४ पटक भुकम्प, ७ः३९ काे भुकम्प ६.१ म्याग्निच्युडकाे रहेकाे पुष्टी

प्रकाशित मिति :  22 October, 2023 10:19 am


काठमाडौं । काठमाडौंमा आइतबार बिहान धक्का महसुस रहेकाे भुकम्पकाे केन्द्र धादिङकाे ज्वालामुखी गाउँपालिका-५  रहेकाे तथा ६.१ म्याग्निच्युडकाे रहेकाे राष्ट्रिय भुकम्प मापद तथा अनुसन्धान केन्द्र ले पुष्टी गरेकाे छ।

भुकम्पकाे धक्का काठमाडाैँ लगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएकाे थियाे । आइतवार बिहान ७ः३९ बजे भूकम्प गएकाे हाे । त्यस यता सानाे स्केलकाे भुकम्प बिहानमा मात्र थप तीन पटक गइसकेकाे छ।

केन्द्रका अनुसार धादिङ नै केन्द्रविन्दू रहेर ८ः०८ बजे ४.२, ८ः२८ मा ४.२ र ८ः५९ मा ४.१ म्याग्निच्युटकाे भुकम्प गएकाे हाे।

भुकम्पपछि केन्द्र आसपास पहिराे गएकाे र धाँजा फाटेकाे बनाइएकाे छ।

यसअघि युनाइटेड स्टेट जियोग्राफिकल सर्भे (युएसजीएस) ले आइतवार विहानको नेपालको भुकम्प ५.१ रेक्टर स्केल रहेको जनाएको थियो । यूएसजीएसले विश्वभरको भुकम्प अपडेट तत्कालै दिने गर्छ ।

नेपालको लागि विस्तृतमा अध्ययन गरेर केन्द्रले सार्वजनिक गर्ने तथ्यांङ नै आधिकारिक मानिन्छ।



प्रतिक्रिया दिनुहोस !