राष्ट्रपति पौडेलले गरे पलाञ्चोक भगवतीको दर्शन
प्रकाशित मिति : 22 October, 2023 12:54 pm
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पलाञ्चोक भगवतीको दर्शन गरेका छन् । आइतबार महाअष्टमीको शुभअवसरमा पलाञ्चोक भगवतीको दर्शन तथा पुजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेल पुजाअर्चनाको लागि श्रीमती सविता पौडेलसँगै पाँचखाल पुगेका थिए ।
बड़ा दशैंका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ स्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ ।
पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वीसंवत् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई दुर्गा भगवतीको जेठी दिदीको रुपमा समेत लिने गरिन्छ छ ।








