५ पुस २०८२, शनिबार

संक्रमणकालीन न्याय टुंग्याउँदा अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकता पूरा गर्न सुझाव

प्रकाशित मिति :  29 October, 2023 5:53 pm


काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टिोनियो गुटरेसले संक्रमणकालीन न्याय टुंग्याउँदा अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्न सुझाव दिएका छन् ।

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा महासचिव गुटरेसले यसका लागि सहयोग गर्न संयुक्त राष्ट्र संघ तयार रहेको बताएका हुन् ।

संक्रमणकालीन न्यायसहितको शान्ति प्रक्रियाको अन्तिम चरणमा पुग्दा संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्ने उनको जोड थियो ।

महासचिव गुटरेसले भने,“संयुक्त राष्ट्रसंघ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार छ । ”

नेपालमा १० वर्ष चलेको द्वन्द्वका सन्दर्भमा अझै संक्रमणकालीन न्याया नटुंगिएका बेला महासचिव गुटरसको यस्तो सुझाव आएको हो । उनले नेपाल अतिकम विकसित मलुकबाट विकासशील मुलुकमा जान खोजीरहेको सन्दर्भमा आगामी केही वर्ष निर्णायक हुने उनको भनाई थियो ।

जलवायुबारे चासो

महासचिव गुटरेसले कोभिड–१९ को महामारी, अन्तर्राष्ट्रिय आर्थिक अवस्थाले निम्त्याएको मुद्रास्फीति र जलवायु अराजकताले निम्त्याएको चर्को खतरामा नेपाल फसेको बताए ।

उनले नेपालले आफूले सिर्जना नगरेकाविश्वव्यापी संकटको आँधीमा फसेको उनको भनाई थियाे ।

उनले भने,“ अझै धेरै अन्तर्राष्ट्रिय पहल आवश्यक छ । विकसित देशहरूले सहयोग गर्न अघि बढ्नुपर्छ । दिगो विकास र जलवायु संकटसँग जुध्न नेपाललगायत विकासशील अर्थतन्त्रलाई मद्दत गर्ने गर्नुपर्छ ।”

आफ्नो नेपाल भ्रमणका क्रममा जलवायु संकटको भयावह प्रभाव हेर्न आफै हिमालय क्षेत्रको भ्रमणमा जान लागेको जानकारी दिए । महासविच गुटरेसले भने,“यस यात्रामा, म हिमालयको भ्रमण गर्नेछु र हिमनदीहरूमा जलवायु संकटको भयावह प्रभावहरू आफैं हेर्न जान्छु । ”

जलवायु परिवर्तनका कारण स्थिति नाजुक भइरहेको र यो अझै द्रुत गतिमा बढेको महासचिव गुटरेसको भनाई थियो । उनले भने,“नेपालले तीस वर्षको अवधिमा झन्डै एक तिहाइ बरफ गुमाएको छ र ग्लेसियरहरू उच्च दरमा पग्लिरहेका छन् । समुदायहरूमा प्रभाव विनाशकारी छ र म हिमालयका स्थानीय मानिसहरूलाई भेट्नेछु उनीहरूबाट उनीहरू कसरी प्रभावित छन् भनेर प्रत्यक्ष सुन्ने छु । ”

पाखरा र लुम्बिनी यात्राबारे

महासचिव गुटरेसले भगवान बुद्धको शान्ति र अहिंसाको शिक्षालाई प्रतिबिम्बित गर्न आफूले पोखरा र लुम्बिनीको यात्रा गर्न लागेको बताए । उनले अहिले शान्ति बढी सन्र्दभिक भएको बताए ।

उनले भने,“अहिंसाको शिक्षालाई प्रतिबिम्बित गर्न म पोखरा र लुम्बिनीको यात्रा गर्नेछु । भगवान बुद्धको शान्ति र जुन हाम्रो गहिरो समस्याग्रस्त संसारमा पहिले भन्दा बढी सान्दर्भिक छ ।”

महासचिव गुटरेसले संयुक्त राष्ट्र र नेपालले समस्या समाधान गर्न, सम्भावना बढाउन र अन्तर्राष्ट्रिय समर्थन सुधार गर्न अझ बढी मिलेर काम गर्न सक्छन् भनेर अन्वेषण गर्न चाहेको बताए । उनले भने,“किनभने नेपाल विश्वको मित्र हो, त्यसैले विश्व नै नेपालको असल मित्र हुनुपर्छ । मिलेर काम गर्दा हामी यसलाई वास्तविकता बनाउन सक्छौं ।”

मध्यपूर्वको द्वन्द्व र नेपालबारे

महासचिव गुटरेसले नेपालमा पाएको न्यानो स्वागत कहिल्यै नविर्सने बताए । उनले हजारौ माइल टाढाको मध्यपूर्वमा भइरहेको द्वन्द्वले नेपालाई समते छोएकोमा दुःख व्यक्त गरे ।

उनले भने,“हामी सबै कठिन र तनावपूर्ण समयमा बाँचिरहेको छौं। मलाई थाहा छ मध्यपूर्वको द्वन्द्व हजारौं माइल टाढा भए पनि यसले नेपालका जनताका लागि घर नजिकै पुगेको छ । अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आतंककारी हमलामा मारिएका दश नेपाली विद्यार्थीका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु र बेपत्ता श्री विपिन जोशीको सकुशल फर्किको कामना गर्दछु ।”

उनले गाजामा रहेका सबै बन्धकहरूलाई तत्काल र बिना शर्त रिहाइको लागि जोड दिए ।

महासचिव गुटरेसले भने,“म हमासले गरेको डरलाग्दो आक्रमणको मेरो पूर्ण निन्दा दोहो¥याउँछु। सर्वसाधारणको हत्या, घाइते र अपहरणको कुनै औचित्य छैन । गाजाको अवस्था घण्टौंमा थप निराशाजनक हुँदै गइरहेको छ ।”

युद्ध विरामको सट्टा इजरायलले आफ्नो सैन्य अपरेशनलाई तीव्र बनाएको भन्दै महासचिव गुटेरसले चिन्ता व्यक्त गरे । उनले भने,“ मारिने र घाइते भएका नागरिकहरूको संख्या पूर्ण रूपमा अस्वीकार्य छ। सबै पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत आफ्ना दायित्वहरूको सम्मान गर्नुपर्छ ।”

महासचिव गुटरेसले नेपाल र संयुक्त राष्ट्रसंघबिचको गहिरो मित्रता र सहयोगलाई सुदृढ बनाउन आफू काठमाडौं आएको बताए ।



प्रतिक्रिया दिनुहोस !