१६ बैशाख २०८१, आइतबार

मतदाता शिक्षाको विषय विद्यालयको पाठ्यक्रममा राखौँ : सांसद बडू

प्रकाशित मिति :  1 November, 2023 4:35 pm


काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले मतदाता शिक्षाको विषयलाई विद्यालयको पाठ्यक्रममा राख्न प्रस्ताव गरेका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मतदाता शिक्षाको विषय विद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताएका हुन् । उनले निर्वाचन आएपछि मात्रै मतदाता शिक्षाको सामग्रीहरू छाप्ने र शिक्षक तथा विद्यार्थीहरूमामार्फत प्रचार गराउने गरिएको भन्दै यसो गर्दा खर्चिलो हुने गरेको बताए ।

उनले विद्यालयको पाठ्यक्रममै मतदाता शिक्षाबारे राखेमा प्रभावकारी हुने र खर्चलाई मितव्ययी बनाउन सकिने बताए ।

त्यसैगरी निर्वाचन प्रणालीलाई मितव्ययी बनाउनका लागि प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन एकैसाथ गर्ने कानुनी व्यवस्था गर्नुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !