१२ श्रावण २०८१, शनिबार

कोरोना : अमेरीकामा मात्रै संक्रमितको संख्या १० लाख नाघ्यो, आरडीटी विधिबाट गरिने परीक्षणको विश्वसनीयतामा प्रश्न

प्रकाशित मिति :  29 April, 2020 8:05 am


 

एजेन्सी, १७ वैशाख ।

अमेरीकामा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या १० लाख पार गरेको छ । जनवरीदेखि अहिलेसम्म अमेरीकामा कोरोना संक्रमितको संख्या १० लाख १२ हजार पुगेको हो ।

विश्वभर ३० लाख संक्रमित हुँदा अमेरीकामा मात्रै १० लाख संक्रमित भएको तथ्याङ्क सार्वजनिक भएको छ । मृत्युपनि अमेरीकामा सबैभन्दा धेरैको भएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार ५८ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ । विश्भवर अहिलेसम्म ३१ लाख १५ हजार ९ सय ७७ जना संक्रमित बनेका छन् । २ लाख १७ हजार १ सय ३२ जनाको मृत्यु भइसकेको छ ।

भारतमा मात्रै संक्रमितको संख्या ३१ ह्जार ३ सय ६० पुगेको छ ।

यसैबीच आरडीटी विधिबाट गरिने कोरोना परीक्षणमा विश्वसनीयता कम भएको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार आरडीटीबाट परीक्षण गर्दा कोरोना नभएका धेरैजसो व्यक्तिमा समेत पाजेटिभ देखिएको छ ।

क्यालिफोर्नियाको एक प्रयोगशालाले गरेको अध्ययन अनुसार जसलाई कोरोना छैन उसैलाई पाजेटिभ देखाउने दर अत्यधिक रहेको निष्कर्ष निकालेको छ ।

अध्ययन अनुसार १२ वटा परीक्षणमा १५ प्रतिशत गलत नतिजा देखिएको छ अर्थात ७ मध्य १ परीक्षण गलत नतिजा आएको छ । प्रयोगशालाले भनेको छ कि सबै परीक्षण १०० प्रतिशत हुनुपर्छ त्यति नभएपनि ५ प्रतिशत भन्दा काम वा शैद्धान्तिक हिसाबले २ प्रतिशत भन्दा कम गलत हुनुपर्छ ।’

प्रयोगशालाका डाक्टर करयन ब्रेनले यो साच्चिकै डरलाग्दो अवस्था भएको बताएका छन् । आरडीटी विधि कोरोना छ की छैन भनेर गरिने प्रारम्भिक जाँच हो ।



प्रतिक्रिया दिनुहोस !