भूकम्पमा घाइते भएकाहरूकाे निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रकाशित मिति : 5 November, 2023 10:41 am
काठमाडौँ । सरकारले भूकम्पबाट घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने भएको छ । मन्त्रिपरिषद्को आज (आइतबार) बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको हो ।
बैठकमा तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
त्यस्तै, मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउने गरी तयारी थाल्ने निर्णय गरेको छ। बैठकले एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्ने निर्णय गरेको छ ।






