२२ मंसिर २०८२, सोमबार

टीभीएसको महाएक्सचेन्ज महोत्सव भृकुटीमण्डपमा आजदेखि सुरु

प्रकाशित मिति :  7 November, 2023 12:19 pm


काठमाडौँ । नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले महाएक्सचेन्ज महोत्सवको आयोजना आज (मंगलबार)देखि सुरू भएकाे छ । महोत्सव काठमाडौँको भृकुटीमण्डपमा (आज) नोभेम्बर ७ देखि ११ सम्म आयोजना हुने कम्पनीले जानकारी दिएको छ ।

महोत्सवकै माध्यमबाट कम्पनीले आपाचे आरटीआर १६० फोरभी एफ आइ सई पनि सार्वजनिक गर्ने छ । महोत्सवमा उपभोक्ताले कुनैपनि ब्राण्डको पुरानो बाइक वा स्कुटरको एक्सचेन्ज गर्दा विभिन्न सुविधा तथा अफरहरू हात पार्न सक्नेछन् । उपभोक्ताले मेला मार्फत आफ्ना पुराना बाइक वा स्कुटरको एक्सचेन्ज गर्दा रु.५० हजार सम्मको एक्सचेन्ज भ्यालु एडिशन, नकिन्दा १ लाख र किन्दा ५ लाख सम्मको क्यास डिस्काउन्ट र साथै बम्पर उपहारमा रु। १० लाख नगद जित्ने अवसर समेत प्राप्त गर्ने सक्ने कम्पनीले जनाएकाे छ।

यसको साथै २५ प्रतिशत सम्मको न्यून डाउन पेमेन्ट, हेलमेट, बाइक कभर र ब्याग लगायत फ्रि एक्सेसरिजको सुविधा पनि महोत्सवमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यी लगायत सम्पूर्ण सुविधाका साथै शून्य प्रतिशत ब्याजदरमा नयाँ बाइक खरिद गर्ने अफर पनि महोत्सवमा उपलब्ध हुनेछ ।



प्रतिक्रिया दिनुहोस !