२४ बैशाख २०८१, सोमबार

नेप्सेमा ११ अंकको वृद्धि, कारोबार रकम १ अर्ब मुनि

प्रकाशित मिति :  7 November, 2023 3:59 pm


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकको हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ११.२२ अंकले बढेर १८५८.७६ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि २.४६ अंकले बढेर ३५८.१९ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा हिमालय बैंक लिमिटेडको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ । बैंकको उक्त सेयर ९ करोड १६ लाख ४४ हजार २ सय २८ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन लक्ष्मि लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८.१६ प्रतिशतले बढेको छ ।

त्यस्तै आज स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीका सेयरमूल्य ८.२६ प्रतिशतले घटेको छ ।

कुल २८५ कम्पनीको ४३ लाख ३१ हजार २ सय २९ कित्ता सेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार २ सय ९१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !