२४ बैशाख २०८१, सोमबार

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेता एक ठाउँमा हुनुहुन्छ : प्रधानमन्त्री

प्रकाशित मिति :  7 November, 2023 5:53 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरू एक ठाउँ उभिएको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरूको समीक्षात्मक बैठक निरन्तर राख्नेबारेमा पनि एकमत भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘नेपालको आधुनिक राजनीतिक इतिहासका सन्दर्भमा देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरूको समीक्षात्मक बैठक थियो । यो बैठकमा राम्रो कुरा के भयो भने संविधानप्रति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिबद्धता व्यक्त भयो । यसलाई निरन्तर बैठक राख्नुपर्छ । हामी सामान्य समीक्षा गरौँ भनेर गरेको हो, कसैसँग तर्सिएको छैन ।’’



प्रतिक्रिया दिनुहोस !