२४ बैशाख २०८१, सोमबार

एमाले सचिवालय बैठक बस्दै, भूकम्प र मध्यपहाडी सडक अभियानमा छलफल हुने

प्रकाशित मिति :  8 November, 2023 7:34 am


काठमाडौँ । आज (बुधवार) नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । ललितपुरस्थित च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बैठक बस्ने भएको हो।

बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने बताइएको छ।

एमालेले मध्यपहाडी सडकलाई आधार मानेर बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभंज्याङसम्म यात्राको तयारी गरिरहेको छ। 



प्रतिक्रिया दिनुहोस !