प्रचण्ड र सीपीसी तिब्बतका सचिव वाङबिच भेटवार्ता
प्रकाशित मिति : 9 November, 2023 10:39 am
काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच भेटवार्ता भएको हो। भेटमा दुई देशबिचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिव वाङ छुङछेङ नेतृत्वको टोली बुधबार नेपाल आएको हो । टोलीले बुधबारबाटै राजनीतिक भेटवार्ता थालेको छ ।








