उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित
प्रकाशित मिति : 9 November, 2023 11:37 am
काठमाडौँ । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई)का लागि तय भएको भ्रमण स्थगित भएको छ।
दुवईदुबईमा आयोजना हुन लागेको १८ औँ दुबई एयर सो, २०२३ मा भाग लिन युएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युएई जाने कार्यक्रम तय भएको थियो । यसका लागि यही कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमणको स्वीकृति समेत दिएको थियो ।
तर कात्तिक १७ गते शुक्रवार राति जाजरकोटमा ६.४ रेक्टर स्केलको भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय भएकाले उपप्रधानमन्त्री खड्काले भ्रमणको कार्यक्रम स्थगित भएकाे रक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।








