२५ बैशाख २०८१, मंगलबार

रहेनन् अभिनेता इरफान, शाेकमा बलिउड

प्रकाशित मिति :  29 April, 2020 1:39 pm


काठमाडाैं, १७ वैशाख । 

बलिउड अभिनेता इरफान खानकाे मृत्यु भएकाे छ । बुधबार मुंबइकाे काेकिलाबेन अस्पतालमा ५४ वर्षकाे उमेरमा उपचारका क्रममा उनकाे मृत्यु भएकाे हाे ।

न्यूराेक्राइट ट्यूमरबाट ग्रसित उनलाइ एक साता अघिदेखि अस्पतालनमा राखिएकाे थियाे । खानकाे असामयिक निधनले सिंगाे बलिउड शाेकमा छ । अमिताभ बच्चन, अनुपन खैरदेखि वडिउड अभिनेता, अभिनेत्रीले शाेक व्यक्त गरिरहका छन् ।

जीवन्त अभिनय गर्ने खान अभिनित दर्जनाैं सिनेमा छन् । गत शनिबार मात्रै उनकी आमाको निधन भएको थियो । खानले ‘लाइफ अफ पाइ’, ‘स्लमडग मिलिनियर्स’, ‘जुरासिक वल्र्ड’ जस्ता अन्तर्राष्ट्रिय स्तरमा अत्याधिक सफल फिल्ममा समेत अभिनय गरिसकेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !