७ पुस २०८२, सोमबार

कुमारी बैंकको आकर्षक ‘गज्जबको बचत’ खाता : बचतमा उच्च ब्याज सहित स्वास्थ्य बीमा उपलब्ध

प्रकाशित मिति :  22 November, 2023 7:00 am


काठमाडौँ । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधा सहित “गज्जबको बचत खाता” योजना सार्वजनिक गरेको छ ।

न्युन्तम मौज्दात रु १,००० रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१५ प्रदान गर्नेुका साथै रु २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट-डेबिट कार्ड समेत उपलब्ध गराउने छ ।

बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालाले रु २०,०००।– सम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।

बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा स्तरवृद्धि गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउँदै थप सेवा प्रदान गर्दै जाने विश्वास लिएको छ ।

दीगो आर्थिक विकासका लागि बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधा आम मानवजिवनको महत्वपूर्ण साधनका रुपमा विकसित हुदैं आएका छन् ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !