१२ श्रावण २०८१, शनिबार

बजेट अधिवेशका लागि तयारी सुरु,प्रधानमन्त्री सभामुख लगायतद्धारा संसद भवनको अवलोकन

प्रकाशित मिति :  29 April, 2020 4:03 pm


काठमाडाैं, १७ वैशाख ।

संघीय संसदको बजेट अधिवेशका लागि तयारी सुरु भएको छ ।  तयारीका लागि विहान प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नीप्रसाद सापकोटाबीच छलफल भएको छ ।

छलफलमा अधिवेशन बोलाउनका लागि सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

भेटमा बजेट अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमको विषयमा केन्द्रीत रहेका थियो । विहान छलफलपछि दिउँसो प्रधानमन्त्री ओलीले संसद भवनको अवलोकन गरेका छन् ।

दुबै सदनका बैठक सञ्चालनका लागि भएको तयारीबारे जानकारी लिन खोली संसद भवन नयाँ बानेश्वर पुगेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले पनि संसद भवन अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा संसद बैैठक बसाई व्यवस्थापनका लागि संसद सचिवालयले गरेको तयारीबारे जानकारी गराईएको थियो ।

सचिवालयले छैठौं अधिवेशनका लागि संघीय संसदको दुबै सदनको संयुक्त बैठक सामाजिक दुरी कायम गरि सञ्चालन गरिनेबारे जानकारी गराएको थियो ।

संघीय संसदमा दुबै सदन गरि ३ सय ३४ जना छन् जसमध्य चार जना निलम्बित छन् । संघीय संसद अन्तरर्गत प्रतिनीधिसभाको बैठक कक्षमा तल ५ सय ४० र माथि ४ सय ५० सिट छन् ।

सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था छ । त्यसका लागि समाजिक दुरी कायम राखेर संसदको बजेट अधिवेशन बोलाउने तयारी भएको हो ।



प्रतिक्रिया दिनुहोस !