२४ मंसिर २०८२, बुधबार

स्विट्जरल्याण्ड सरकारले दिएको ६५ करोड अनुदान स्वीकृत

प्रकाशित मिति :  23 November, 2023 12:34 pm


काठमाडौँ । सरकारले स्विट्जरल्याण्ड सरकारले दिएको ६५ करोड अनुदान स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को आज (बिहीबार) बसेको बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको रकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस !