१२ श्रावण २०८१, शनिबार

पार्टी भित्रको विवाद समाधानका लागि नेता भुसालका तीन सुत्र

प्रकाशित मिति :  29 April, 2020 4:52 pm


फोटाः नेता भुषालको फेसबुकबाट

काठमाडाैं, १७ वैशाख ।  

पार्टीभित्र विवाद बढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं कृषिमन्त्री घनश्याम भुसालले संस्थागत प्रणालीभित्रै समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

समाजिक सञ्जाल फेसबुकमार्फत विगतका घटना सम्झाउँदै भुसालले पार्टी भित्रको समस्या समाधानका लागि तीन सुत्र प्रस्तुत गरेका छन् । उनले भनेका छन्,‘ पहिलो, नहडबडाउँ दोस्रो, संवाद गरौं र तेस्रो, संस्थागत प्रणालीभित्रै समाधान खोजौं ।’

भुसालले आज मुलुकले सबैबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्,‘ आज नेकपा असाधारण शक्ति र प्रभावका साथ उस्थिति छ । र,यसमा समस्या थपिँदै गएका छन् । समस्याले उपयुक्त समाधान खोज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ ।’

उनले विगतमा विभाजनका घटना र त्यसका परिणाम समेत स्मरण गराएका छन् ।

भुसालले लेखेका छन्,‘ २०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो । २०६४।२०६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिका साथ अगाडि आयो र विभाजनको प्रकृयामा गयो ।’

सत्तारुढ नेकपामा विवाद चुलिदै गएपछि दलका नेताहरु चिन्ता व्यक्ति गर्दै आफ्ना धारणाहरु सार्वजनिक गर्दै आएका छन् ।

आज मात्रै पूर्वसभामुख कृष्णबहादुर महराले नेकपाभित्रको विवादले जनता निराश भएको भन्दै संवादबाट समस्या समाधान गर्न आग्रह गदैै विज्ञप्ति जारी गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !