बल्खुमा प्रहरीले चलायो जामर भेहिकल
प्रकाशित मिति : 23 November, 2023 1:45 pm
काठमाडौँ । बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ ।
मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले काठमाडौँको बल्खुमा प्रदर्शन गरिरहेको स्थानमा प्रहरीले जामर भेहिकल लगाएको हो ।
जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।








