६ जेष्ठ २०८१, आइतबार

पर्यटन विधाको ठूलो करदाताको रूपमा मनकामना दर्शन प्रालि सम्मानित

प्रकाशित मिति :  23 November, 2023 6:26 pm


काठमाडौँ । केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालि पर्यटन विधाबाट सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ ।

मनकामना दर्शनले आर्थिक वर्ष २०७८\७९ मा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका कम्पनीमध्ये सबैभन्दा बढी आयकर तिरेकाले सरकारले सम्मान गरेको हो ।

सरकारले २०८० सालको राष्ट्रिय कर दिवसको अवसर पारेर बिहीवार कम्पनीलाई सम्मानित गरेको हो । सो अवसरमा सबैभन्दा बढी कर दाखिला गर्ने विभिन्न विधाका १६ करदाता सम्मानित भएका थिए ।

स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले स्थापना गरेका मनकामना दर्शन प्रालिले २०५५ मंसिरदेखि चितवनको इच्छाकामना गाउँपालिका, चेरेशबाट गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गर्दै आएको छ



प्रतिक्रिया दिनुहोस !