५ जेष्ठ २०८१, शनिबार

दुर्गा प्रसाईंले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने

प्रकाशित मिति :  24 November, 2023 7:28 am


काठमाडौँ । दुर्गा प्रसाईं समुहले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक प्रसाईंले बिहिबार बल्खुमा शक्ति प्रदर्शन गरेकोमा आजदेखि तीनकुनेमा प्रर्दशन गर्ने जनाएको छ ।

प्रसाईंले बिहिबार पत्रकार सम्मेलन मार्फत शुक्रबार बिहान ११ बजे काठमाडौँको तीनकुनेमा आफ्ना समर्थकलाई भेला हुन अनुरोध गरेका छन ।

बिहीबार बल्खुमा गरेको कार्यक्रममा प्रसाईं समुह, युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । झडपका क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै केही व्यक्ति घाइते भएका थिए।



प्रतिक्रिया दिनुहोस !