१७ बैशाख २०८१, सोमबार

नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुला

प्रकाशित मिति :  24 November, 2023 8:34 am


काठमाडौँ । नेपाली सेनाले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा भर्ना खुला गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार एक सूचना प्रकाशन गर्दै सैन्य तथा विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।

सैन्य पदमा ३ हजार जना र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना कर्माचारी मागेको हो।

योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आजदेखि पुस ७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयसम्म आवेदन दिन छुटेकाहरुले दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !