६ जेष्ठ २०८१, आइतबार

जिल्ला प्रशासनले भन्यो तिनकुनेमा दुर्गा प्रसाईँलाई कार्यक्रम गर्न अनुमति छैन

प्रकाशित मिति :  24 November, 2023 10:22 am


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि काठमाडौंको तीनकुनेमा प्रदर्शन केन्द्रित गरेका दुर्गा प्रसाईंलाई उक्त क्षेत्रमा प्रदर्शनको अनुमति नदिएको बताएको छ।

प्रशासनसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अराजकता फैलाउने गरी आफैं आन्दोलनको कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको जनाएको हो ।

काठमाडौं प्रशासनका सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको उपभोग र सोको सम्मान गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको उल्लेख छ ।

बिहिबार साँझ प्रसाईं समूहले पत्रकार सम्मेलनमा उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिएको प्रशासनको निष्कर्ष छ।

शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानुन विपरितका गतिविधि गरेमा कानुन बमोजिम कारबारी गरिने हुँदा कुनै पनि प्रकारको गैरकानुनी गतिविधिमा सहभागिता नजनाउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !