६ जेष्ठ २०८१, आइतबार

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

प्रकाशित मिति :  24 November, 2023 11:33 am


काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार शुक्रबार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर तोलाको एक लाख १६ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १५ हजार ७५० रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने बढेको छ । बिहिबार तोलाको १४४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार तोलामा ५ रुपैयाँ बढेर तोलाको १४५० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !