५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड र कतारका विदेश राज्यमन्त्रीको शिष्टाचार भेट

प्रकाशित मिति :  24 November, 2023 2:17 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीबिच शिष्टाचार भेट भएको छ ।

नेपालको दुई दिने भ्रमणमा बिहीवार काठमाडौँ आएका अल–मुखैरीले शुक्रवार प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् । भेटमा दुई देशबिचको सम्बन्ध विस्तारबारे छलफल भएको छ ।

साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस !