६ जेष्ठ २०८१, आइतबार

सरकारले अधिनायकवादी र सर्वसत्तावादी चरित्र देखायो : राप्रपा

प्रकाशित मिति :  24 November, 2023 2:58 pm


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई लोकतान्त्रिक दाबी गर्ने सरकारले अधिनायकवादी र सर्वसत्तावादी चरित्र देखाएको आरोप लगाएका छन् ।

गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको र उनको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै राप्रपाका अध्यक्ष लिङ्देनले विरोध जनाएका हुन् ।

अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान निस्कँदैन। सरकारले आफूलाई तत्काल सच्याओस्।’

कुनै पनि विचार लिएर शान्तिपूर्णरुपमा विरोध प्रदर्शन गर्ने अधिकारी संविधानले सुनिश्चित गरेको भन्दै उनले सरकारको कार्यशैलीको निन्दा गरेका छन् ।

‘अभियानको मुख्य नेतृत्वलाई घरमा नजरबन्द गर्ने तथा प्रदर्शनकारी पुग्नुअगावै कार्यक्रमस्थलमा सुरक्षाकर्मीले कब्जा गर्ने कार्यहरु आपत्तिजनक छन्, हामी यसको निन्दा र भर्त्सना गर्छौं,’ उनले भने, ‘गणतन्त्रले दिएको अधिकार सबै जनाले बराबरी उपभोग गर्न पाउँछन् ।’

पक्राउ परेकाहरुलाई तुरुन्तै रिहा गर्न र पुर्वनिधारित कार्यक्रमहरु निर्वाध सञ्चालनको वातावरण बनाउन राप्रपाले सरकारसँग माग गरेको छ।



प्रतिक्रिया दिनुहोस !