२० असार २०७९, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु

प्रकाशित मिति :  29 April, 2020 5:58 pm


प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा सचिवालय बैठक । फोटोः प्रधानमन्त्रीको सचिवालय

काठमाण्डौं, १७ वैशाख ।

विवादकाबीच नेपाल कम्युनिष्ट पार्टी नकपाको सचिवालय बैठक सुरु भएको छ ।

दल विभाजनलाई सहज बनाउने गरि अध्यादेश ल्याएपछि चर्किएको विवाद सांसदहरुको हस्ताक्षर अभियानसम्म पुगिरहेका बेला सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको हो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आमनेसामने भएका छन् ।

प्रचण्ड र नेपाल पक्षले सचिवालय बैठकबाट समस्या समाधान नहुने निष्कर्ष निकाल्दै स्थायी कमिटी बैठक बोलाउनुपर्ने प्रस्तावसहित बैठकमा सहभागि भएको छ ।



प्रतिक्रिया दिनुहोस !