१२ श्रावण २०८१, शनिबार

यस्तो रहनेछ आजको मौसम

प्रकाशित मिति :  26 November, 2023 6:50 am


काठमाडौँ । मौसम पूर्वानुकमान महाशाखाको जानकारी अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली र तराई भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !