६ जेष्ठ २०८१, आइतबार

नेप्से ४७ अंकले बढ्दा कारोबार रकम २ अर्ब रुपैयाँ नाघ्यो

प्रकाशित मिति :  26 November, 2023 3:50 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा उछाल आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ४७.७५ अंकले बढेर १९०७.९५ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरममूल्य बढेको छ ।

आइतबार कारोबार रकमका आधारमा सोनापूर मिनरल्स एण्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ ।

कम्पनीको ११ करोड ६६ लाख ६७ हजार २ सय ६० रुपैयाँको कारोबार भएको छ ।

आइतबार छ्याङ्दी हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगनीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य २.४७ प्रतिशतले घटेको छ ।

कुल २९४ कम्पनीको ६५ लाख ३० हजार ६ सय ४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३ सय ५८ कम्पनीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !