६ जेष्ठ २०८१, आइतबार

इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिवन्ध लगायो

प्रकाशित मिति :  26 November, 2023 4:57 pm


काठमाडौं । इटालीले प्रयोगशालामा उत्पादन गरिने मासुमा प्रतिबन्ध लगाएको छ । योसँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिबन्ध लगाउने संसारको पहिलो देश बनेको छ ।

इटालीको संसद्ले महिनौँसम्मको बहसपछि नयाँ कानुन पारित गरेको हो । नियम उल्लंघन गरेमा ६० हजार युरो (६५ हजार ८०० अमेरिकी डलर) सम्म जरिवाना हुनसक्छ ।

जर्मनी र स्पेनलगायत अरू देशहरूले त्यस्तो मासुको उत्पादन प्रक्रिया सुधार गर्न अनुसन्धानमा ठूलो लगानी गरिरहेका बेला इटालीले प्रतिबन्ध लगाएको हो । कृत्रिम मासुलाई हर्मोन र एन्टिबायोटिक प्रयोगको आवश्यकता पर्दैन । यसमा परम्परागत रूपमा पाइने मासुभन्दा कम खर्च हुन्छ ।

कृषिमन्त्री फ्रान्सेस्को लोलोब्रिगिडाको सामाजिक सञ्जाल पोस्टका अनुसार यो कदमले इटालीको पाक परम्परा र कृषि क्षेत्रमा रोजगारीको रक्षा गर्ने उद्देश्य राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !