५ जेष्ठ २०८१, शनिबार

पिज्जा हटको थिन क्रस्ट पिज्जा अब नेपालमा

प्रकाशित मिति :  26 November, 2023 5:26 pm


काठमाडौँ । पिज्जा हटले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ । पिज्जा हटको मेनुमा नौलो स्वाद ल्याएको जनाएको छ । रु.४९९ बाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जाहरू नेपालभरको ग्राहकहरूका लागि अनुभव दिन तयार रहेको उल्लेख गरेको छ ।

कम्पनीका अनुसार पिज्जा उत्साहीहरूको ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालको लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको छ जुन १२ विभिन्न टोपिङहरूमा उपलब्ध छन् ।

ग्राहकहरूले डाइन–इन वा टेक–अवेको लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्ने र भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सकिने उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !