६ जेष्ठ २०८१, आइतबार

रास्वपाको संयुक्त बैठक आजदेखि महोत्तरीको जलेश्वरमा बस्दै

प्रकाशित मिति :  27 November, 2023 10:25 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजदेखि महोत्तरीको जलेश्वरमा बस्ने भएको छ ।

आज दिउँसो १२ बजेपछि बैठक बस्न लागेको हो । तीन दिनसम्म चल्ने बैठकमा पार्टीको दीर्घकालीन नीतिबारे छलफल हुने उपसभापति डिपी अर्यालले जानकारी दिए।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ। त्यस्तै, समग्र पार्टीको आर्थिक प्रतिवेदन, सांसदहरूको संसदीय संसदीय कार्यको समीक्षा तथा महाधिवेशनको विधिबारे पनि बैठकमा छलफल हुनेछ ।

रास्वपाका सभापति रवि लामिछाने मधेशमा आयोजित जनसभालाई सम्बोधन गर्न यही मङ्सिर ८ गतेदेखि नै मधेश प्रदेशमा छन् ।



प्रतिक्रिया दिनुहोस !