५ जेष्ठ २०८१, शनिबार

ग्लोबल आईएमई बैंकको ३५१औँ शाखा बैतडीको पाटनमा

प्रकाशित मिति :  27 November, 2023 1:47 pm


काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले बैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ स्थित पाटनबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच बैंकको पाटन शाखाको उद्घाटन गरे।

नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या ३५१ पुगेको छ। ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।



प्रतिक्रिया दिनुहोस !