१२ श्रावण २०८१, शनिबार

नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पायो

प्रकाशित मिति :  27 November, 2023 2:39 pm


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजक रहेका समितिले पूर्णता पाएको हो ।

सभापति शेरबहादुर देउवाले सोमबार चार सदस्य थपेसँगै समितिले पूर्णता पाएको हो । समितिमा धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डा.डेविड बस्याल, मकवानपुरका अनन्त कार्की र सिन्धुलीका अनन्त कार्कीलाई सदस्यमा मनोनित गरिएको छ ।

सभापति देउवाले आफूले सिफारिस गरेका नामका आधारमा सदस्यहरु थपिएको संयोजक घिमिरेले बताए । पार्टीभित्रका समूह नहेरी विज्ञताका आधारमा लेखा समितिका सदस्य थपिएको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !