१२ श्रावण २०८१, शनिबार

दुर्गा प्रसाईं नेतृत्वको समूहको आज पनि काठमाडौँमा प्रदर्शन (फाेटाेफिचर)

प्रकाशित मिति :  27 November, 2023 2:49 pm


काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले आज काठमाडौँको गौशालामा प्रदर्शन गरेको छ । कार्यक्रममा प्रसाईं पनि सहभागी भए ।

गौशालामा कडा सुरक्षाकाबिच प्रसाईं समर्थकले प्रदर्शन गरेका हुन् । कार्यक्रममा उनले नागरिकको अधिकार खोसिएको भन्दै सरकारको आलोचना गरे । मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौँकेन्द्रित आन्दोलन गरिरहेका छन् । । धर्मगुरुलाई अगाडि सारेर प्रसाईं समर्थक र कार्यकर्ता प्रदर्शनमा सहभागी भएका थिए ।

प्रदर्शनकारीहरूले सोमवार गौशालाको मूल सडक कब्जा गर्दै आन्दोलन शुरू गरेपछि झडपको स्थिति सिर्जना समेत भएको थियाे ।

फाेटाेः पुष्पा पाल



प्रतिक्रिया दिनुहोस !