१२ श्रावण २०८१, शनिबार

नेप्सेमा दोहोरो अंकको गिरावट

प्रकाशित मिति :  27 November, 2023 3:33 pm


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १२.६७ अंकले घटेर १८९५.२७ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको छ । कम्पनीको ७ करोड १७ लाख ३७ हजार ७ सय ७३ रुपैयाँको कारोबार भएको छ ।

सोमबार अपर साङ्गे हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कुल २९० कम्पनीको ५३ लाख ३९ हजार ९ सय ६७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६३ करोड ७१ लाख २ हजार ४४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !