१२ श्रावण २०८१, शनिबार

मुलुकको निकासका लागि वर्तमान सरकार विघटन गर्नुपर्छ : प्रभु साह

प्रकाशित मिति :  27 November, 2023 3:42 pm


काठमाडौँ । आज जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताएका छन् ।

मुलुकलाई संकटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नु सही निर्णय हुने उनको जिकिर थियो ।

सोमबार काठमाडाैँमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष साहले बिचौलिया र दलालहरुको हिस्साको रूपमा काम गरिरहेको सरकारलाई विघटन गर्नुको विकल्प नरहेको बताए । उनले मुलुकमा विद्यमान राजनीतिक अराजकतालाई अन्त्य गर्नका लागि राष्ट्रपतीय प्रणालीमा जानुपर्ने प्रस्ताव समेत गरे ।

अध्यक्ष साहले सरकारले मिटरब्याजीको नाममा भ्रष्टाचार र घुसखोरीलाई बढवा दिएको उल्लेख गर्दै त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी समेत दिए ।

त्यस अवसरमा अध्यक्ष साहले राजनीतिक दलहरुले जनमतको अपमान गरेको भन्दै आफ्नो पार्टीले जनमत फिर्ता अभियानलाई अघि बढाउने घोषणा समेत गरे ।



प्रतिक्रिया दिनुहोस !