एक हप्ताभित्र सुकुम्बासी समस्या हल गर्न ऐन संशोधन हुन्छः प्रधानमन्त्री प्रचण्ड
प्रकाशित मिति : 27 November, 2023 6:34 pm
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी समस्या हल गर्न एक हप्ताभित्र ऐन संशोधन गर्ने दाबी गरेका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको बेवसाइट सार्वजनिक गर्दै उनले एक हप्ताभित्र सुकुम्बासी समस्या हल गर्नेगरी पुराना ऐनहरू संशोधन गर्ने निर्णय गरिएको बताए ।
उनले सुकुम्बासी स्वबासी, अव्यवस्थित बसोबासी र उनीहरूको समस्या हल गर्न ऐन नै संशोधन गर्ने बताए । उनले वनले गर्दा विकास सबै रोकिने स्थिति बनेको उल्लेख गर्दै पुराना ऐन संशोधन गर्ने पनि बताए ।
प्रधानमन्त्री प्रचण्डले वन ऐन संशोधनपछि एउटा ठूलो क्रान्ति हुने बताए । उनले सरकारका तर्फबाट अहिलेसम्म राम्रा काम भएको बताउँदै अझै राम्रा कामका लागि प्रयास गर्ने बताए ।