रास्वपाको संयुक्त बैठक आज पनि बस्दै
प्रकाशित मिति : 28 November, 2023 10:19 am

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आज पनि बस्दैछ ।
सोमबारदेखि मधेस प्रदेशको महोत्तरीस्थित जलेश्वरमा स्वपाको संयुक्त बैठक चलिरहेको छ । बैठकमा रास्वपामा पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र २१ संसाद सहभागी छन् ।
आज बस्ने बैठकमा सभापति रवि लामिछानेले पार्टीको राजनीति प्रतिवेदन प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ । बुधवाारसम्म चल्ने बैठकमा पार्टीको दिर्घकालिन निति, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक अवस्थाबारे छलफल हुनेछ ।
सोमबार बसेको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत भएकाे थियो ।