१२ श्रावण २०८१, शनिबार

विश्व नेताहरूले जलवायु सम्मेलनमा ग्लोवल वार्मिङको घातक चक्र तोड्नुपर्छः महासचिव गुटेरेस

प्रकाशित मिति :  28 November, 2023 12:18 pm


काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले यस हप्ता सुरु हुने जलवायु सम्मेलनमा भाग लिने विश्व नेताहरूले विश्व जलवायु परिवर्तनको खतरा रोक्ने कुरामा आवश्यक जोड दिन आवश्यक रहेको बताएका छन् ।

संयुक्त राष्ट्र प्रमुखले न्युयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा पत्रकारहरूसँगको कुराकानीमा सप्ताहन्तमा अन्टार्कटिकामा बरफ पग्लिरहेको र गम्भीर रूपमा स्तब्ध पार्ने गति भइरहेको बताए ।

उनले १९९० को सुरुवातको दरभन्दा तीन गुणा छिटो हिउँ पग्लिरहेको बताए । हालको तथ्याङ्कले देखाउँछ कि, दक्षिण ध्रुवमा समुद्री बरफको वर्तमान सीमा यस सिजनको औसतभन्दा १.५ मिलियन वर्ग किलोमिटर कम छ । यो क्षेत्र पोर्चुगल, स्पेन, फ्रान्स र जर्मनीको कुल संयुक्त भूमि बराबर छ ।

उनले जलवायु परिवर्तनका कारण बाढी र नुनिलो पानीको प्रभावले खाद्य र पानीका स्रोतहरूमा प्रभाव पार्ने बताए । जसले साना टापुहरू र विश्वभरका धेरै तटीय शहरहरूको दिगोपनलाई असर गर्ने उनको भनाइ छ ।

हउँ घट्दै जाँदा र तातो मौसम तीव्र रुपमा बढ्ने र यसले सम्पूर्णमा असर पुग्ने बताए । उनले कोप २८ सम्मेलनमा विश्व नेताहरूले जलवायु परिवर्तनबाट भइरहेको असरको चक्र तोड्नुपर्ने बताए ।

यसका लागि नवीकरणीय ऊर्जाको तीन गुणा प्रयोग, ऊर्जा दक्षतामा दोब्बर बनाउने र २०३० सम्ममा सबैका लागि स्वच्छ ऊर्जामा पहुँच गर्ने विश्वव्यापी सम्झौता पर्याप्त हुने बताए ।



प्रतिक्रिया दिनुहोस !