१२ श्रावण २०८१, शनिबार

देशभरका कारागारमा योग शिविर चलाइने

प्रकाशित मिति :  28 November, 2023 1:40 pm


काठमाडौँ । देशभरका कारागारमा योग शिविर सञ्चालन हुने भएको छ। सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको हो

एक महिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरू कारागारमा पनि त्यही स्वरूपको शिविर आयोजना गरिने उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ।

देशमा केन्द्रीय कारागारसहित ७४ वटा कारागार छन्।यसअघि नक्खु, भिमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको योग शिविर सम्पन्न भैसकेको छ।

सोमबार गृह मन्त्रालयाम बसेको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठसँगै गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह राना सहभागी थिए।



प्रतिक्रिया दिनुहोस !