१२ श्रावण २०८१, शनिबार

नेप्सेमा झिनो अंकको गिरावट

प्रकाशित मिति :  28 November, 2023 4:07 pm


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २.१७ अंकले घटेर १८९४.५३ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ८ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८ करोड ४९ लाख ९८ हजार ८ सय ६४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले घटेको छ ।

त्यस्तै आजको दिन नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.३३ प्रतिशतले घटेको छ ।

कुल २९० कम्पनीको ४७ लाख २७ हजार ९ सय २ कित्ता सेयर कारोबार हुँदा १ अर्ब २८ करोड २ लाख २८ हजार ९ सय ७१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !