१२ श्रावण २०८१, शनिबार

रुसी सेनामा भर्ती भएका स्याङ्जाका पितमसहित तीन जनाको निधन

प्रकाशित मिति :  29 November, 2023 11:09 am


काठमाडौँ । रुसी सेनामा भर्ती भएका स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ५ स्थित ठूलास्वाँराका पितम कार्कीको निधन भएको नेपाली राजदूतावास मस्कोले जनाएको छ ।

रुसी सेनामा भर्ती भएका कार्कीसहित तीन नेपालीको मृत्यु भएको हो । कार्की सहित रुसी सेनामा कार्यरत रहेकै अवस्थामा दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ६ स्थित सुनारपानीका राज कुमार रोका र इलामको इलाम नगरपालिका वडा नम्बर ५ का गंगाराज मोक्तानको पनि मृत्यु भएको छ ।

उनीहरुको मृत्युको खबर रुसी सेनाको अधिकारीबाट टेलिग्राम मार्फत प्राप्त भएको मस्कोस्थित नेपाली राजदुताबासले जनाएको छ ।

दुताबासले जानकारी पाएपछि नेपाली कन्सुलरलाई उनीहरूको मृत्युको बारेमा पत्राचार गरेको हो ।



प्रतिक्रिया दिनुहोस !