१० बैशाख २०८१, सोमबार

राष्ट्रिय सभाको निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  29 November, 2023 11:36 am


काठमाडौँ । सरकारले माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले फागुनमा रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यसअघि निर्वाचन आयोगले पनि माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्न प्रस्ताव गरेको थियो। सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।

फागुन २० गते देखि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सदस्य पद रिक्त हुँदैछ।



प्रतिक्रिया दिनुहोस !