१२ श्रावण २०८१, शनिबार

चीनको कोइला खानीमा दुर्घटना, ११ जनाको मृत्यु

प्रकाशित मिति :  29 November, 2023 11:51 am


काठमाडौँ । चीनको उत्तरपूर्वी कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको शुआङ्याशान सहरमा मंगलबार दिउँसो भएको कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको खानी कम्पनीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार दिउँसो २ः४० बजे दुर्घटना भएको हो । हेइलङजियाङ लङमे सुशांगेसान मिनिङ कम्पनी लिमिटेडको शुआङयाङ कोइला खानीमा चट्टान फुटेको कारण दुर्घटना भएको थियो ।

खोजी तथा उद्धार कार्य सम्पन्न भइ दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !