१२ श्रावण २०८१, शनिबार

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सेना र प्रहरी खटाइने

प्रकाशित मिति :  29 November, 2023 11:56 am


काठमाडौँ । सरकारले जाजरकोट भूकम्प प्रभावितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरीलाई खटाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आवास निर्माणका लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

जिल्ला सुरक्षा समितिको सिफारिसमा सेना, प्रहरी र सशस्त्र प्रहरी खटाउने निर्णय भएको उनले बताइन् ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति पुगेको छ । भूकम्पपछि घरबिहीन भएका ३५ जना चिसोका कारण मरेका छन् ।



प्रतिक्रिया दिनुहोस !