१२ श्रावण २०८१, शनिबार

एनसेलद्वारा लघु चलचित्र प्रतियोगिताका विजेता पुरस्कृत

प्रकाशित मिति :  29 November, 2023 12:09 pm


काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले तिहारको भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरूलाई पुरस्कृत गरेको छ ।

मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहकाबिच प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा १८ वर्षीय सजिल बस्नेत र उनको समूहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै १ लाख नगद पुरस्कार जित्न सफल भएको एनसेलले जनाएको छ ।

सन्तोष शाक्य र उनको समूहले फस्ट रनरअपका रूपमा विजयी बनेर ७५ हजार नगद पुरस्कार जितेको छ भने १६ वर्षीय प्रयत्न थापा र उनको समूहले सेकेन्ड रनरअप बनेर ५० हजार नगद पुरस्कार जित्न सफल भएको छ ।

प्रतियोगितामा सहभागिता जनाएका लघु चलचित्रहरुमा प्रतियोगीहरुले आ–आफ्नै भिन्न शैलीमा कथाहरू पस्किएका थिए ।एनसेलका अनुसार मनोज भेले र अवेनिस थापालाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको छ । प्रकाश नगरी र उनको समूहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको एनसेलले बताएको छ ।

एनसेल लघु चलचित्र प्रतियोगिताले सिर्जनशील फिल्म निर्माताहरूलाई उनीहरुका काम र प्रतिभालाई आम दर्शक सामु पुर्याउने अवसर प्राप्त गर्ने एनसेलको भनाइ छ ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले विजेता सहभागीले आफ्नो नयाँ पहिचानका साथ राम्रो काम गर्न सक्ने बताए ।

एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले स्थानीय प्रतिभाहरूलाई समर्थन गर्नु आफूहरुको जिम्मेवारी भएको बताए ।



प्रतिक्रिया दिनुहोस !